राज्य अध्यक्ष दिलिप घोषको वयानले भाजपा गोर्खाहरूप्रति कति इमान्दार छ स्पष्ट भएको छ: हाम्रो पार्टी

मिरिक (निसं): भाजपा राज्य अध्यक्ष दिलिप घोषले आज कालेबुङ भ्रमण अवधि उत्तर बंगालको विभाजन हुँदैन भन्ने पार्टीको अडान रहेको वयान दिएर भाजपाको चरित्र उजागर गरेको छ भनी हाम्रो पार्टी मिरिकका अध्यक्ष प्रशान्त लामाले बताए। मिरिकमा पत्रकारहरूसित कुरा गर्दै तिनले भने, भाजपा गोर्खाहरूप्रति कति इमान्दार छ यो दिलिप घोषको बयानले स्पष्ट भएको छ। दिलिप घोषको बयानपछि महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याँउछु भनेर सांसद बनेका राजु बिष्टको धारणा स्पष्ट हुनपर्छ। तिनले भाजपाले झुटको राजनिती गरेर नै गोर्खाहरूको पन्ध्र वर्ष ब्यार्थमा खर्च गरीदिएको थिएछ भन्ने प्रमाण दिलिप घोषले दिएका छन् भनी बताए। घोषका बयानपछि अब भाजपाको अडान स्पष्ट भएको छ भन्दै तिनले अझ भने, भोटको समय मात्र मिठो आश्वासन दिने भाजपा हो भन्ने कुरो दिलिप घोषको बयानले स्पष्ट पारेको छ। गोर्खा बिरोधी खुल्ला रूपमा बयान दिने वातावरण पहाडमा कसले सृजना गरेको छ, यो पनि छात्तीमा हात राखेर खाँटी गोर्खाहरूले अब चिन्तन, मनन गर्ने समय आएको तिनले बताए। तिनले गोर्खाको हित चाहने एक मात्र दल हाम्रो पार्टी रहेको दाबी गर्दै आपसी तालमेल र एकताले नै चुनाउको छेकमा यस्ता प्रलोभन देखाउँनेहरूलाई उचित जवाब आगामी ग्राम पञ्चायत चुनाउमा दिनुपर्ने सबैसित तिनले अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *