राजाहट्टा बस्ती दार्जिलिङको पहिलो जिरो वेस्ट भिलेज

सोनादा: दार्जिलिङ पहाडको पहिलो जिरो वेस्ट भिलेज बन्यो राजाहट्टा बस्ती। आधिकारिक रूपमा यसबारे घोषणा नभए तापनि गैरसरकारी संस्था टीएडीद्वारा थालिएको जिरो वेस्ट आन्दोलनको दुई महिनाको छोटो अवधिको सफलतापछि नै राजाहट्टा बस्तीलाई पहाडको पहिलो जिरो वेस्ट भिलेजको रुपमा घोषणा गरिएको छ।


राजाहट्टालाई फोहोरमुक्त गाउँको रुपमा आठ माइलमा आयोजित एउटा कार्यक्रमबीच नव निर्वाचित सभासद तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रमुख अनित थापाको बाहुलीद्वारा विधिवत् रूपमा उदघाटन गरियो। सोही प्रकारले पहिलो चरणको कार्यक्रमबीच सिञ्चेल वाइल्ड लाइफ सोनादा बीट अधिकारी रचना प्रधान अनि अप्पर सोनादा ग्राम पञ्चायत कर्मचारी राजु विश्वकर्माको बाहुलीद्वारा गेटको पनि उदघाटन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *