राजाहट्टामा घरजल योजनाको भूमि पुजा

सोनादा: सोनादा-पचेङ समष्टि अन्तर्गत राजाहट्टा बस्तीमा घरजल योजनाको काम आरम्भ गर्नको लागि आज विधिवत रूपमा भूमि पुजा गरियो। अप्पर सोनादा ग्राम पञ्चायतको वार्ड नम्बर 1 बाट नवनिर्वाचित ग्राम पञ्चायत सदस्य गौरी थापाको बाहुलीद्वारा भूमि पुजा गरिएको भागोप्रमो राजाहट्टा शाखाका प्रतिनिधि अरुण छेत्रीले जानकारी दिएका छन्। राजाहट्टामा आजदेखि नै उक्त योजनाको कार्य आरम्भ गरिएको छ भने उक्त कार्य गुणस्तरको गर्ने सोच बनाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *