राजगञ्जका पीड़ित परिवारहरूसित भेट गरिन् भाजपा नेत्री भारती घोषले

राजगञ्ज : भाजपा नेत्री भारती घोषले आज राजगञ्जका तीनैजना पीड़ित परिवारका  सदस्यहरूसित भेट गरिन्। भाजपा प्रदेश नेत्री भारती घोष, जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी र शिखा च्याटर्जीले आज राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको बलाबाड़ी र नवग्राममा तीनैजना पीडित परिवारका सदस्यहरूसित भेट गरेपछि भाजपा नेत्रीले पुलिसको भूमिकालाई लिएर तीव्र निन्दा गरिन्। सन्न्यासीकाटाको दुई भिन्न-भिन्नै घटनामा पुलिसले केही आरोपीहरूलाई हालसम्म पनि पक्राउ नगरेको साथै पुलिसले नवग्रामको घटनाका आरोपीलाई बचाउनको लागि पीड़ितलाई होममा राखेको तिनले आरोप लगाइन्। यस घटनाबारे सर्वोच्च न्यायलय अनि सीबीआईसित पनि सम्पर्क गर्ने तिनले जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *