राजगञ्जमा एकै रातमा 3 वटा घरमा चोरी

राजगञ्ज : राजगञ्जको हरिचरणभिटा गाउँमा एकै रातमा 3 वटा घरमा चोरी भएको छ। प्राप्त जानकारीअनुसार हिजो राति केही दुष्कृतिहरूले राजगञ्जको हरिचरणभिटा गाउँको 3 वटा घरबाट नगद रुपियाँसहित सुन र चाँदीको गर-गहना र अन्य समानहरू चोरी भएको छ। यसको साथै त्यहीँ इलाकाको अन्य 2 वटा घरमा पनि चोरहरूले चोरी गर्ने प्रयास गरेको बताइएको छ। उक्त इलाका निवासी प्रह्लाद रायले बताएअनुसार गत राति घर बाहिर हो-हल्ला सुनेपछि बाहिर अन्य कोठाहरूमा गएर हेर्दा सबै सर-समानहरू ठिकै रहेको देखेपछि फेरि कोठामा गएर सुते तर आज बिहान उठेर हेर्दा घरमा राखिएको नगद 10 हजार रुपियाँ, सुन र चाँदीका गर-गहनाहरू चोरी भएको थाहा पाए।

चोरीको घटनामा लगभग 80-90 हजार रुपियाँको सर-समान चोरी भएको बताइएको छ। यसैगरी पुचकी रायको घरबाट नगद 4 हजार रुपियाँ अनि काली किङ्कर करको घरबाट एउटा साइकल र केही आवश्यक कागजपत्र चोरी भएको छ। यसबाहेक उक्त इलाका निवासी बिजन सरकार र आन्ना दासको घरमा पनि चोरी गर्ने प्रयास गरे तापनि घरका मानिसहरूले थाहा पाएर उठेपछि ती दुष्कृतिहरूले चम्पट कसेको बताइएको छ। उक्त इलाकामा चोरी घटना प्रायजसो हुने गरेकोले गर्दा इलाकामा पुलिसको गश्ती बढ़ाउने स्थानीय पञ्चायत सदस्य सन्तोष रायले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes