राजगञ्जबाट 2 जना गाई-गोरू तस्कर पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले दुईजना गाई-गोरू तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको सरदारपाडा निवासी क्रमैले हारून रशिद (25) र राजीब मोहम्मद (34) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका हारून र राजीब गाई-गोरू तस्कर हुन् भने यी दुईले राजगञ्जको भारत-बङ्ग्लादेश सिमाना भएर बङ्ग्लादेशमा गाई-गोरू तस्करी गर्ने गर्दछ। सन् 2014 सालदेखि हालसम्म यी दुई विरुद्ध थानामा 8 वटा मामिला दर्ता गरिएको छ भने पुलिसले धेरैपल्ट अभियान चलाएर यी दुई तस्करलाई पक्राउ गर्ने प्रयास गरे तापनि असफल भएको थियो। अन्ततः हिजो साँझ पुलिसले भुटकीहाट इलाकाबाट यी दुई आरोपीलाई पक्राउ गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *