राजगञ्जबाट भिन्ना-भिन्नै घटनामा दुईजना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले भिन्ना-भिन्नै घटनामा दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत बिहिबार राजगञ्जको मगरशोभा इलाकाको एउटा स्टील कारखानामा हमला गरेको आरोपमा त्यहीँ दिन मनसुर शेखलाई पक्राउ गरे तापनि अन्य दुईजनाले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। तीमध्ये आनन्द राय नाम गरेको एकजना व्यक्तिलाई गत राति पुलिसले पक्राउ गरेको छ। अर्कोतिर, राजगञ्जको कालीनगरबाट आग्नेयास्त्रसहित एकजना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका युवक राजगञ्ज थानाको साकिराजोत गाउँ निवासी 40 वर्षीय रसराज सरकारको रूपमा चिन्हित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.