राजगञ्ज बजारको सुन दोकानमा चोरी

राजगञ्ज : राजगञ्ज बजारमा रहेको एउटा सुन दोकानमा लगभग 70 हजार रुपियाँको सुन-चाँदीको बहुमूल्य गर-गहना चोरी भएको छ। प्राप्त जानकारीअनुसार गत राति केही दुष्कृतिहरूले उक्त दोकानको दैलो भत्काएर सुन-चाँदीको बहुमूल्य गर-गहना चोरी गरेर लगेको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। यस सम्बन्धमा उक्त दोकानका कर्मचारी जोधा साहले बताएअनुसार गत राति 9 बजी तिनी दोकान बन्द गरेर घर गएका थिए भने आज बिहान दोकान खोल्न आउँदा दोकानको दैलो भत्केको अवस्थामा देखे। यसपछि तिनी दोकानभित्र पसेर हेर्दा दोकानमा रहेको 650 ग्राम चाँदी र 5 ग्राम सुनको गहना चोरी भएको थाहा पाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *