राजगञ्ज विधानसभाको विभिन्न अञ्चलहरूमा पोस्टल ब्यालेटद्वारा आजदेखि मतदान प्रक्रिया शुरू 

राजगञ्ज : पश्चिम बङ्गालमा पाँचौँ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन विधानसभा चुनाउ सम्पन्न हुने भएको छ। चुनाउ शुरू हुन अगावै राजगञ्ज विधानसभाको विभिन्न अञ्चलहरूमा आजदेखि पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान शुरू भएको छ भने आगामी आइतबारसम्म चल्ने छ। पोस्टल ब्यालेटको माध्यमद्वारा वृद्ध नागरिकहरू लगायत दिव्याङ्गहरूले आफ्नो मतदान गर्नेछन्। आज राजगञ्ज बीडीओ कार्यालयका सम्बन्धित मतदान कर्मचारीहरूलाई मतदानको आवश्यक सामग्रीहरू सुम्पिएको छ भने केन्द्रीय वाहिनीको निगरानीमा भोट कर्मीहरूले उक्त क्षेत्रमा मतदानको काम गरिरहेका छन्। प्रशासन सूत्रले दिएको जानकारीअनुसार राजगञ्ज विधानसभा क्षेत्रका वृद्ध नागरिकहरू लगायत दिव्याङ्गहरूलाई पोस्टल ब्यालेटको माध्यमद्वारा भोट हाल्ने आवेदन गरिएको थियो। चुनाउ आयोगको निर्देशअनुसार मतदान कर्मीहरूले ती मतदाताहरूको घर-घरमा गएर पोस्टल ब्यालेटको माध्यमद्वारा तिनीहरूको मतदान लिइरहेका छन्। उक्त क्षेत्रका मोठ 1 हजार 2 सय 43 मतदाताहरूले पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान गर्नेछन् भने आगामी 11 अप्रेलसम्म उक्त प्रक्रिया चल्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *