राजगञ्ज ब्लकको विभिन्न स्कुलमा सफाई कार्य शुरू

राजगञ्ज : आगामी 3 फरवरी अर्थात् बिहिबारदेखि राज्यमा सबै स्कुल, कलेज तथा विश्वविद्यालयहरू खोलिने भएकोले सफाई कार्य शुरू गरिएको छ। यसै क्रममा राजगञ्ज ब्लकको विभिन्न स्कुलहरूमा आज सफाई कार्य शुरू गरियो। स्मरण रहोस्, कोरोना संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राखेर 3 जनवरीदेखि सबै शिक्षा प्रतिष्ठानहरू बन्द थियो। स्कुल बन्द रहेकोले क्लास रूम तथा स्कुलको समानहरूमा धुलो जम्मा भएकोले आज राजगञ्जको हरिहर हाई स्कुलमा सफाई कार्य गरियो। स्कुलका सहायक प्रधानाध्यापक अनिर्बान ठाकुरले बताएअनुसार धेरै दिनदेखि स्कुल बन्द रहेकोले गर्दा सबैजना चिन्तित थिए। राज्य सरकारले हिजो स्कुल खोल्ने निर्देशिका जारी गरेपछि विद्यार्थीहरूदेखि लिएर शिक्षक-शिक्षिका तथा अभिभावकहरू निक्कै खुशी छन्। अर्कोतिर, आमबारी चिन्तामोहन हाई स्कुलमा पनि सफाई कार्य चलिरहेको छ। स्कुलका प्रभारी शिक्षक प्रशान्त दासले बताएअनुसार आफूहरू स्कुल खोलेर पढाई शुरू गर्ने प्रतीक्षामा थियौँ। आगामी बिहिबार स्कुलहरू खोलिएर पठन-पाठन शुरू हुने भएकोले आफू निक्कै खुसी रहेको बताए। स्कुल तथा कक्षाहरूको साफ-सफाई चलिरहेको छ भने कोरोनाको सबै नियमहरू पालन गर्दै कक्षा सञ्चालित गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *