राजगञ्ज कलेजको 13औँ स्थापना दिवस पालन

राजगञ्ज : राजगञ्ज कलेजको 13औँ स्थापना दिवस पालन गरियो। प्रत्येक वर्ष विभिन्न कार्यक्रमको माध्यमद्वारा स्थापना दिवस पालन गर्दै आइरहे तापनि यस वर्ष सामान्य रूपमा पालन गरियो। यस अवसरमा झण्डा उत्तोलन गर्नको साथै शीर्ष व्यक्तिहरूले आ-आफ्नो वक्तव्य राखे। राजगञ्ज कलेजको परिचालन कमिटीका सभापति लक्ष्यमोहन रायले बताएअनुसार प्रत्येक वर्ष झैँ यस वर्ष पनि कलेजको स्थापना दिवस कोरोना महामारीले गर्दा सामान्य रूपमा पालन गरियो। 


यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, कलेजका प्राध्यापक हरप्रसाद मिश्र लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.