राजगञ्ज कलेजमा यौन उत्पीड़न अनि मानव तस्करीबारे सेमिनार

राजगञ्ज : राजगञ्ज कलेजको सेक्सुअल प्रिभेन्सन सेल एण्ड इन्टर कम्प्लेन सेलको तत्वावधानमा यौन उत्पीड़न अनि मानव तस्करीबारे एउटा सेमिनारको आयोजना गरियो। मंगलवार राजगञ्ज कलेजको सभा कक्षमा आयोजित यस सेमिनारमा यौन उत्पीड़न अनि मानव तस्करी बारेमा कलेजका विद्यार्थीहरूलाई अवगत गराइयो। यी अपराधहरूमा के-कस्ता सजायहरूको प्रावधान रहेको छ साथै पीड़ितहरूलाई विशेष गरेर महिला तथा नानीहरूलाई कसरी निःशुल्क कानूनी सहायता प्राप्त हुन्छ भन्नेबारे सेमिनारमा चर्चा गरियो। यस अवधि जलपाइगडी जुवेनाइल जस्टिस बोर्डका सिनियर पब्लिक प्रसिक्युटर शान्ता च्याटर्जी, बेलाकोवा लिगल एड क्लिनिकका सचिव देवाशीष घोष, कलेजका प्रिन्सिपल डा.हरप्रसाद मिश्रा, कलेज सञ्चालन समितिका अध्यक्ष लैख्यमोहन राय, राजगञ्ज थानाका ओसी केसाङ्ग लामा आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.