राजगञ्ज गन्डार मोडको रासन दोकानमा चोरी, जाँचमा जुट्यो पुलिस 

राजगञ्ज : राजगञ्जको गन्डार मोडको एउटा रासन दोकानमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत राति साढे 11 बजी दोकान मालिक सुमन दे-ले दोकान बन्द गरे। यसपछि राति लगभग 1 बजी आवाज सुनेर बाहिर निस्केर हेर्दा केही नदेखेपछि फेरि घरभित्र गए। आज बिहान दोकान खोल्दा दोकान रहेको धेरै समानहरू चोरी भएको थाहा पाए। दोकान मालिक सुमन दे-ले बताएअनुसार दोकानको टीन भत्काएर नगद राशि 10 हजार सहित केही समानहरू चोरी भएको छ। मोठ 65 हजार रुपियाँको समान चोरी भएको तिनले बताए। घटनाबारे आमबारी आउट पोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर दोकानको सीसीटीभी फुटेज हेरेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *