राजगञ्ज ग्रामीण अस्पताल जाने सड़क जर्जर अवस्थामा

राजगञ्ज : राजगञ्ज ग्रामीण अस्पताल जाने सड़कको अवस्था बेहाल भएकोले रोगीहरू लगायत उक्त सडक भएर आवतजावत गर्ने मानिसहरूले निक्कै समस्याको सामना गर्न परिरहेको छ। राजगञ्जको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत मगराडाङ्गीमा राजगञ्ज ग्रामीण अस्पताल अवस्थित छ। यहाँको महत्वपूर्ण पक्का सड़क दुई वर्षभन्दा अधिक समयदेखि जर्जर अवस्थामा रहेकोले समय-समयमा दुर्घटनाहरू हुने गर्दछ। स्थानीय मानिसहरूको भनाइ अनुसार अस्पताल जाने सड़क जर्जर अवस्थामा रहे तापनि यसको मरमतिको लागि कुनै पहल नगरेकोले मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। टोटो चालकले बताएअनुसार सड़कको अवस्था जर्जर हुनको साथै सडकमा ठुल्ठुला खाल्डाहरू भएकोले दुर्घटनाको शिकार हुन पर्दछ। विशेष गरेर उक्त सडक भएर रोगीहरूलाई अस्पताल लैजानमा निक्कै असुविधा भइरहेको छ। यसबारे ग्राम पञ्चायत प्रबन्धनलाई जानकारी भए तापनि सड़क मरमतिको लागि कुनै पहल गरिएको छैन। यस सम्बन्धमा ग्राम पञ्चायत प्रधान अलप रायले बताएअनुसार ग्राम पञ्चायतमा उक्त सड़कको मरमतिको लागि वित्तीय क्षमता नरहेकोले जलपाईगढी जिल्ला परिषद अथवा एसजेडीएको तर्फबाट सड़कको मरमति गरियोस् भनेर यसबारे विधायकलाई जानकारी दिइसकेको तिनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes