राजगञ्ज ग्रामीण अस्पतालमा शून्य बिल पोलिसी सुरु

राजगञ्ज : राजगञ्ज ग्रामीण अस्पतालमा शून्य बिल पोलिसी सुरु गरिएको छ। वेस्ट बेङ्गाल स्टेट डाक्टर काउन्सिलका जोइन्ट सेक्रेटरी सुशान्त रायको उपस्थितिमा उक्त परियोजना सुरु गरिएको हो। राजगञ्ज ग्रामीण अस्पतालमा शून्य बिल पोलिसी शुरू भएकोले अब अस्पतालमा भर्ना भएका रोगीलाई छुट्टी दिने समय एउटा बिल दिइनेछ। उक्त बिलमा रोगीको चिकित्साको लागि कति रुपियाँ खर्च भयो भन्ने विषयमा उल्लेख गरिएको हुन्छ। आज उक्त परियोजना शुरू गरेपछि अस्पतालबाट छुट्टी भएका रोगीहरूलाई उक्त बिल र रुखको विरुवा प्रदान गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष रूपाली दे सरकार, बीएमओएच राहुल राय, पानीकौरी ग्राम पञ्चायत प्रधान पापिया सरकार लगायत अन्य उपस्थित थिए। उत्तर बङ्गालका पूर्व ओएसडी सुशान्त रोयले भने, दक्षिण बङ्गालका विभिन्न अस्पतालमा शून्य बिल पोलेसी शुरू गरेको छ। अबदेखि अबदेखि अस्पतालमा भर्ना भएका बिरामीलाई डिस्चार्ज हुँदा एउटा बिल दिइनेछ। सम्भवतः उत्तरबंगमा शून्य बिल पोलिसी पहिलोपल्ट शुरू गरिएको हो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *