राजगञ्ज जटियाकालीमा नगद राशिसहित लाखौँ रुपियाँको समान चोरी

राजगञ्ज : राजगञ्जको जटियाकालीमा केही दुष्कृतिहरूले एउटा घरबाट लगभग 15 हजार नगद रुपियाँ लगायत लाखौँ रुपियाँको सुन र चाँदीको बहुमूल्य गर-गहना चोरी गरेको छ। घटनाक्रमअनुसार फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने जटियाकाली इलाका निवासी भास्कर राय गत मंगलबार आफ्ना परिवारका सदस्यहरूसित घुम्न गएका थिए।


दुई दिनपछि तिनी हिजो घर फर्किआउँदा आफ्नो घरमा चोरी भएको बारे थाहा पाएपछि घटनाबारे जलपाईगढी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *