राजगञ्जका 5 जना दिव्याङ्ग छात्राहरूले दिइरहेकी छन् माध्यमिक परीक्षा

राजगञ्ज: आजदेखि माध्यमिक परीक्षा शुरू भएको छ। यस वर्ष राजगञ्जको हावड़ा साउथ पोइन्ट ह्यान्डीक्याप चिल्ड्रन होमका पाँचजना दिव्याङ्ग विद्यार्थीहरूले माध्यमिक परीक्षा दिइरहेका छन्। हावड़ा साउथ पोइन्ट ह्यान्डीक्याप चिल्ड्रन होमको जलपाईगढी शाखा बाखोआबारी केन्द्रका चिल्ड्रन वेलफेयर अफिसर डालिया धाराको साथमा आज पाँचजना विद्यार्थीहरू क्रमैले मालौनी रउटिया, दीपा तिग्गा, रमीशा खातुन, सन्जना खातुन र जया राय परीक्षा केन्द्रमा पुगे। यी पाँचजना दिव्याङ्ग विद्यार्थीहरू राजगञ्जको हरिहर हाई स्कुलको विद्यार्थी हुन् भने तिनीहरूको परीक्षा केन्द्र फाटापुकुर सारदामणि हाई स्कुलमा रहेको छ। तीमध्ये मालौनीले राइटरको सहयोगमा परीक्षा दिइरहेकी छन्। होमको वेलफेयर अफिसर डालिया धाराले बताएअनुसार पाँचजना छात्राहरू मुख्य रूपमा चियाकमान तथा सुदूरवर्ती इलाकाको गरिब परिवारका छोरीहरू हुन्। तिनीहरूको परिवारका सदस्यहरू चियाकमानका श्रमिक तथा दैनिक मजदुरको रूपमा काम गरेर आफ्नो घर संसार चलाइरहेका छन्। ती दिव्याङ्ग छात्राहरूको सर्जरी तथा निरन्तर उपचारको परिणामस्वरूप तिनीहरूको शारीरिक समस्याहरूमा केही सुधार भएको छ। आज माध्यमिक परीक्षा दिन पाउँदा तिनीहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *