राजगञ्जका 65 जना श्रमिकहरू भाजपा छोडेर तृणमूल श्रमिक संगठनमा सामेल

राजगञ्ज : भाजपा श्रमिक संगठन छोडेर राजगञ्जका 65 जना श्रमिकहरू तृणमूलको आईएनटीटीयुसी संगठनमा सामेल भएका छन्। राजगञ्जको सुखानी ग्राम पञ्चायतको भोलापाडा इलाकाको प्रणबानन्द चियाकमानका 65 जना श्रमिकहरू आज तृणमूल कङ्ग्रेसको जलपाईगढी जिल्ला आईएनटीटीयुसीका कार्यकारी अध्यक्ष तपन दे-को नेतृत्वमा तृणमूलको आईएनटीटीयुसी संगठनमा सामेल भएका छन्। यस सम्बन्धमा तपन दे-ले भने, उक्त चियाकमानका 65 जना श्रमिकहरू भाजपा श्रमिक संगठनलाई छोडेर तृणमूलको आईएनटीटीयुसी संगठनमा सामेल भएका छन् भने आज ती श्रमिकहरूलाई लिएर  आईएनटीटीयुसी कमिटी पनि गठन गरियो। यसको साथै तिनीहरूको विविध समस्याहरूबारे  मालिक पक्षसित कुराकानी गरेर चाँडै समस्याको समाधान गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *