राजगञ्जका विधायकद्वारा वाटर रिजर्भर सहित 10 वटा सडकको शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले वाटर रिजर्भर सहित 10 वटा सडक निर्माण कार्यको आज शिलान्यास गरे। तिनले आज राजगञ्ज बजारको पीएचई विभागको नयाँ वाटर रिजर्भरको निर्माण कार्यको शिलान्यास गरे। लगभग 2 करोड 7 लाख रुपियाँ लागतमा उक्त वाटर रिजर्भरको निर्माण गरिने भएको छ। यसबाहेक राजगञ्जको सुखानी, पानीकौरी, बिन्नागढी र मन्तादारी ग्राम पञ्चायतको विभिन्न ठाउँमा मोठ 10 सडकको निर्माण कार्यको तिनले आज शिलान्यास गरे। अर्कोतिर, शिकारपुर ग्राम पञ्चायत इलाकाको वाटर रिजर्भरबाट बेलाकोवाको विभिन्न इलाकाको घर-घरमा पाइपलानको कार्यको पनि आज तिनले  शिलान्यास गरे। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका रूपाली दे सरकार, जिल्ला परिषदका सदस्य, रणवीर मजुमदार, उत्तरा बर्मन, अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *