राजगञ्जका गरिब तथा मेधावी छात्रा कल्पना रायलाई सिलगढीको स्वयम्‌सेवी संगठनद्वारा संवर्द्धना

राजगञ्ज : राजगञ्जका गरिब तथा मेधावी छात्रा कल्पना रायलाई सिलगढीको स्वयम्‌सेवी संगठन युनिक फाउन्डेसनको तर्फबाट संवर्द्धना जनाइयो। संस्थाका सदस्यहरू आज उक्त छात्राको घरमा गएर तिनलाई संवर्द्धना जनाउनको साथै केही आर्थिक सहयोग पनि प्रदान गरे। स्मरण रहोस्, राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको सेल्टाबारी गाउँ निवासी गोपाल रायको छोरी कल्पना रायले माध्यमिक परीक्षमा 599 अङ्क प्राप्त गरेर स्कुल टपर बनेकी छन्। बाबु गोपालले गरमको समयमा आइसक्रिम र ठण्डाको समयमा चाट, घुघुनी र पेटिस बिक्री गरेर आफू लगायत स्वास्नी र दुईजना छोरीको भरण पोषण गर्दै आइरहेका छन्। विज्ञान विषय लिएर कल्पना रायले अझ अघिको पढाई गर्ने इच्छा रहे तापनि तिनीहरूको आर्थिक अवस्था निक्कै कमजोर रहेकोले गर्दा परिवारको तर्फबाट सरकारी सहयोगको लागि अपील गरेको छ। यस विषयमा संस्थाका सदस्य अनुप बसुले भने, गाउँकी छात्रा कल्पनाले माध्यमिक परीक्षामा 599 अङ्क ल्याएर स्कुल टपर बनेकी छन्। तिनको महत्वकाङ्क्षाको साथमा पढाई गर्ने इच्छा रहेकोले गर्दा पढाईमा कुनै आर्थिक समस्या भएको खण्डमा संस्थाको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रयास गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *