राजगञ्जका तपन दे आईएनटीटीयुसी-को जलपाईगढी जिल्ला अध्यक्ष

राजगञ्ज : राजगञ्जका तपन दे तृणमूल श्रमिक संगठन आईएनटीटीयुसीको जलपाईगढी जिल्ला अध्यक्षको पदमा चयन गरिएको छ। तपन दे धेरै समय अघिदेखि श्रमिक संगठनसित आबद्ध थिए। यसपल्ट तिनको अनुभवलाई सदुपयोग गर्नको लागि पार्टीले तिनलाई उक्त जिम्मेवारी सुम्पेको बताइएको छ। नयाँ जिल्ला अध्यक्षको रूपमा तिनको नाम घोषणा हुन साथ आज बिहानैदेखि राजगञ्ज ब्लकका नेतृत्व, विभिन्न ग्राम पञ्चायत तथा तृणमूल कङ्ग्रेसका कार्यकर्ता एवम् समर्थकहरूले तपन दे-लाई संवर्द्धना जनाए। यस विषयमा आईएनटीटीयुसी-का नयाँ जिल्ला अध्यक्ष तपन दे-ले भने, धेरै लामो समयदेखि श्रमिक आन्दोलनमा आबद्ध छु। पार्टीले मलाई जिल्लाको ठुलो दायित्व सुम्पेको छ। यसको लागि सम्पूर्ण टीमलाई धन्यवाद दिदछु। सबैसित मिलेर श्रमिकहरूको हितमा काम गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *