राजगञ्जका तृणमूल नेता तथा कार्यकर्ताहरूद्वारा खगेश्वर रायलाई मन्त्री पद दिनुपर्ने माग

राजगञ्ज : विधानसभा चुनाउमा चौथोपल्ट विजयी बनेका राजगञ्ज विधानसभा केन्द्रका तृणमूल प्रार्थी खगेश्वर रायलाई मन्त्री पद दिनुपर्ने राजगञ्ज ब्लकका तृणमूल नेता तथा कार्यकर्ताहरूले माग गरेका छन्। आज बिहानैदेखि पार्टीका नेता तथा कार्यकर्ताहरू खगेश्वर रायको घरमा पुगेर तिनलाई जीतको बधाई दिँदै सम्वर्द्धना जनाए। यसको साथै तिनीहरूले खगेश्वर रायलाई मन्त्री मन्त्री पद दिनुपर्ने माग पनि गरे। तृणमूल नेता मोकसेद आलम र निताई करले बताएअनुसार राजगञ्ज क्षेत्रमा खगेश्वर रायले गरेको विविध विकासमूलक कार्यले गर्दा उक्त क्षेत्रका मानिसहरूले तिनको समर्थनमा मतदान गरेर पुनः चौथोपल्ट विजयी बनाएको हो।


यसैले गर्दा खगेश्वर रायलाई विभागीय मन्त्रीको पद दिनुपर्ने आफूहरूले माग गरेको हो। यस अवसरमा खगेश्वर रायले बताएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा उक्त क्षेत्रमा भएको विविध विकासमूलक कार्यहरूबाट खुसी भएर नै मानिसहरूले आफूलाई मतदान गरेर विजयी बनाएको हो। तथापि, कसलाई मन्त्री चयन गरिनेछ भन्ने बारेमा पार्टीका नेत्री ममता ब्यानर्जीले नै तय गर्नेछिन् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *