राजगञ्जको बन्धुनगरमा सडक दुर्घटनामा युवकको मृत्यु

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको बन्धुनगरमा सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक माथाभाङ्गा निवासी 28 वर्षीय प्रसनजीत बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त युवक बाइकमा सवार भएर कामको लागि माथाभाङ्गाबाट सिलगढी आइरहेको समय सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको बन्धुनगर इलाकामा एउटा डम्परले बाइकलाई पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनापछि डम्पर चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes