राजगञ्जको बन्धुनगरमा पल्टियो फल बोकेको पिकअप भ्यान

राजगञ्ज :  राजगञ्जको बन्धुनगरमा एउटा फल बोकेको पिकअप भ्यान सडक नजिक पल्टियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सिलगढीबाट एउटा फल बोकेको पिकअप भ्यान जलपाईगढीतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसित ठोक्किँदा फल बोकेको पिकअप भ्यान सडक नजिक पल्टियो। उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा उक्त वाहनलाई उद्धार गरियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *