राजगञ्जको बन्धुनगरमा सडक दुर्घटनामा 3 जना घाइते

राजगञ्ज : राजगञ्जको बन्धुनगरमा सडक दुर्घटना 3 जना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई आशंकाजनक अवस्थामा उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी नर्सिङहोममा भर्ना गरिएको छ। घाइतेहरू सीतागढी इलाका निवासी शाहजहान मोहम्मद, अल्लाउद्दीन र रञ्जीत मोहम्मद सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको बन्धुनगर मोड महत्वपूर्ण इलाका हो। उक्त मोडको दुवैपट्टि हाईस्कुल र प्राथमिक विद्यालय रहे तापनि सडक पार गर्नको लागि क्रसिङको व्यवस्था नभएकोले गर्दा मानिसहरू बाध्य भएर डिभाइडर भएर यातायात गरिरहेका छन्। हिजो साँझ ती 3 जना व्यक्ति एउटा बाइकमा सवार भएर सडक पार गरिरहेको समय मालवाहक एउटा पिकअप भ्यानसित ठोक्किँदा लडेर ती 3 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। यसको साथै उक्त पिकअप भ्यान सडकमा पल्टियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *