राजगञ्जको बन्धुनगर मोडमा टोटो र बाइक ठोक्किँदा 2 घाइते

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको राजगञ्ज बन्धुनगर मोडमा टोटो र बाइक आपस्तमा ठोक्किँदा 2 जना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बन्धुनगरमा एउटा टोटो सडक पार गरिरहेको समय सिलगढीतर्फबाट द्रुत गतिमा आइरहेको बाइक र टोटो ठोक्किँदा घटनामा बाइक चालक र टोटो चालक घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिस तथा आमबारी आउटपोस्ट पुलिसको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाएको छ। अर्कोतिर, स्थानीय मानिसहरूले बन्धुनगर मोडमा ट्राफिकको व्यवस्था गरिनुपर्ने माग गरे। दुर्घटनाग्रस्त बाइक तथा टोटो उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *