राजगञ्जको बन्दुनगरमा दुई भिन्ना-भिन्नै सडक दुर्घटनामा 5 जना घाइते

राजगञ्ज : राजगञ्ज ब्लकको सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगर इलाकामा एकपछि अर्को गर्दै दुईवटा सडक दुर्घटनामा 5 जना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा यात्री बोकेको अटोलाई मालवाहक ट्रकले पछिल्तिरबाट धक्का दिँदा अटो पल्टिँदा 3 जना यात्रुहरू घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त दुर्घटनाको 30 मिनटपछि भयावह बाइक दुर्घटनामा दुईजना युवक घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा पठाइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *