राजगञ्जको भद्रेश्वर शिव मन्दिरमा आज सोमबार भक्तजनहरूको भीड़

राजगञ्ज : कोरोना महामारीलाई ध्यानमा राखेर जलपेश मन्दिरमा पुजा-अर्चना गर्नमा रोक लगाइएकोले गर्दा राजगञ्जको भद्रेश्वर शिव मन्दिरमा भक्तहरूको निक्कै भीड़ देखियो। सावन महिनाको प्रत्येक सोमबार उक्त मन्दिरमा शिवलिङ्गमा पानी चढाउन श्रद्धालुहरू आउने गर्दछन्। ऐतिहासिक भद्रेश्वर शिव मन्दिर राजगञ्जको कालीनगर नजिक स्थित छ। यहाँ प्रत्येक वर्ष सावन महिनामा भगवान् शिवको पुजा अर्चना गर्ने मानिसहरूको भीड हुने गर्दछ भने प्रत्येक वर्ष यहाँ मेला लाग्ने गर्दछ। तथापि, यसपल्ट कोरोना महामारीले गर्दा मेलाको आयोजन नगरे तापनि पुजा गर्न आउने भक्तहरूको लागि मन्दिर खुल्लै राखिएको छ। मन्दिर कमिटीको भनाइ अनुसार कोरोनाको सबै नियमहरू पालन गर्दै भक्तहरूले मन्दिरमा पुजा अर्चना गरोस् भन्ने विषयमा विशेष ध्यान दिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *