राजगञ्जको विभिन्न इलाकामा रम-रक्सी विरुद्ध अभियान

राजगञ्ज : आबकारी विभाग र आमबारी आउटपोस्ट पुलिसले रम-रक्सी विरुद्ध संयुक्त अभियान चलायो। आज बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी संलग्न कामातपाडा, चटकियाभिटा लगायत विभिन्न ठाउँमा अभियान चलाएर लगभग 100 लिटर रम-रक्सी नष्ट गरिदिएको छ। अर्कोतिर, आमबारीको महामाया कोलनी इलाकामा पुलिसले अभियान चलाएर अवैध देशी तथा विदेशी रम-रक्सी सहित एकजनालाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार इलाकाको विभिन्न घरमा अवैध रूपमा रम-रक्सी बिक्री गरिरहेको इलाकाका मानिसहरूले अभियोग गरेपछि उक्त इलाकामा अभियान चलाएको हो। आगामी दिनमा पनि रम-रक्सी विरुद्ध लगातार अभियान चलाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *