राजगञ्जको दोकानमा टिन काटेर लाखौ रूपियाँको चोरी

राजगञ्ज : फुलबारीमा एउटा दोकानबाट गत राति लाखौ रूपियाँको सर-समान चोरी भएपछि इलाकामा सनसनी फैलिएको छ। दोकान मालिक सपिकुल मोहम्मदले बताए अनुसार गर राति 7 बजे दोकान बन्द गरेर सदा झैं तिनी गर गएका थिए। तर आज बिहान आफ्नो दोकानको छेउको देकानेले चोरी भएकोबारे खबर दिएपछि चोरले गत राति टिन काटेर दोकान चोरी गरेको तिनले थाहा पाए। तिनले केही दिन अघि मात्र कसैसित 1 लाख रूपियाँ उधारो मागेर दोकानमा समानहरू ल्याएका थिए। चोरले दोकानका सबै सामानहरू चोरी गरेको दोकान मालिकले जानकारी दिएका छन्। घटनाको खबर पाएर न्यू जलपाइगढी पुलिस घटना स्थलमा पुगेपछि छानबिन शुरू गरेको बताइएको छ। यसैगरी, स्थानीय दोकानेहरूले इलाकामा विशेष रातिको समय पुलिस गश्ती लगाइदिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *