राजगञ्जको एउटा घरमा लाखौँ रुपियाँको चोरी

राजगञ्ज : राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत पर्ने जलडुमुरपाड़ाको एउटा घरमा लाखौँ रुपियाँको चोरी भएको छ। प्राप्त जानकारीअनुसार उक्त घरबाट सुनको बहुमूल्य गर-गहना, नगद राशि सहित 5 लाख रुपियाँको चोरी भएको बताइएको छ। परिवारका सदस्यहरूको भनाइ अनुसार हिजो राति लगभग साढे 8 बजी खाना खाएर सुतेपछि आज बिहान उठेर हेर्दा घरको सर-समानहरू यताउता छरपस्ट भएको देखेपछि घरमा चोरी भएको बारे थाहा पाए। 90 ग्राम सुनको बहुमूल्य गर-गहना लगायत लगभग 40 हजार रुपियाँ चोरी भएको तिनीहरूले बताए। यसपछि परिवारका सदस्यहरूले यसबारे आमबारी चौकीमा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *