राजगञ्जको करतोआमा बस र डम्पर ठोक्किँदा डम्पर चालकको मृत्यु

राजगञ्ज : सिलगढी-जलपाईगढी 31 डी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको करतोआ इलाकामा यात्री बोकेको बस र डम्पर आपस्तमा ठोक्किँदा डम्पर चालकको मृत्यु भएको छ। मृतक चालक गजलडोबा इलाका निवासी रहेको थाहा लागेको छ भने हालसम्म तिनको परिचय जुटाउन सकेको छैन। स्थानीय तथा पुलिस सूत्रले दिएको जानकारी अनुसार आज सिलगढीबाट एउटा गैर सरकारी बस फालाकाटातर्फ गइरहेको थियो भने डम्पर पनि त्यहीँ सडक भएर गइरहेको समय करतोआ इलाकामा 2 वटा वाहन आपस्तमा ठोक्किँदा डम्पर चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस तथा ट्राफिक पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँ कार्यरत चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, बसमा सवार धेरैजना यात्रीहरू घाइते भएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *