राजगञ्जको नतुनपाडा आँगनबारी केन्द्र बेहाल अवस्थामा

राजगञ्ज : आँगनबारी केन्द्र बेहाल अवस्थामा रहेको छ। आँगनबारी केन्द्रको छत भत्किसकेको छ भने बस्ने ठाउँ समेत नरहेकोले गर्दा नानीहरू पढ्न आउन छोडिसकेका छन्। राजगञ्जको पानीको ग्राम पञ्चायतको नतुनपाडा आँगनबारी केन्द्रको विषयलाई लिएर कर्तृपक्ष उदासीन रहेको गाउँलेहरूको आरोप रहेको छ। प्राप्त जानकारी अनुसार केही वर्षदेखि नै उक्त आँगनबारी केन्द्र बेहाल अवस्थामा रहेकोले गर्दा नानीहरूले आईसीडीएस केन्द्र पढ्न आउन सकेका छैनन्। हाल नानीहरूलाई रुखमुनि बसाएर पढाइरहेको छ। उक्त केन्द्र भत्केको अवस्थामा रहेकोले गर्दा केही युवकहरूले यहाँ रम-रक्सीको अड्डा बनाइसकेको आरोप रहेको छ। यसबारे प्रशासनले कुनै पहल नगरेको गाउँलेहरूको आरोप रहेको छ। आँगनबारी केन्द्रका शिक्षिका सुनिता रायले भनिन्, धेरै दिन अघिदेखि उक्त केन्द्र बेहाल अवस्थामा छ। बस्ने ठाउँ समेत नरहेको नानीहरूले पढ्न आउन छाडिसकेका छन्। ससाना नानी तथा गर्भवती महिलाहरूलाई पौष्टिक भोजन उपलब्ध गराउन आवश्यक रहेकोले गर्दा बाध्य भएर घरबाट नै खाना पकाएर ल्याउनुपर्ने अवस्था रहेको छ। परिवारका सदस्यहरू आएर समानहरू लिएर जाने गर्दछन्। आँगनबारी केन्द्र बेहाल अवस्थामा रहेकोबारे कार्यालयलाई जानकारी गराए तापनि हालसम्म कुनै पहल गरेको छैन। तथापि, यस विषयमा सम्बन्धित निकायका पदाधिकारीबाट कुनै प्रतिक्रिया पाएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *