राजगञ्जको निखोज भएका दुईजना छात्रा दक्षिण 24 परगानाबाट उद्धार

राजगञ्ज : राजगञ्जका दुईजना छात्रालाई निखोज भएको 24 दिनपछि राजगञ्जको बेलाकोवा आउटपोस्ट पुलिसले हिजो दक्षिण 24 परगानाबाट उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गत 10 अगस्तको दिन राजगञ्जको पानीकौरी ग्राम पञ्चायतको भाङ्गीपाडाका 18 वर्षीय छात्रा र बहादुर ग्राम पञ्चायतको गोलान्दीपाडा निवासी 16 वर्षीय छात्रा निखोज भएकी थिइन्। परिवारका सदस्यहरूले थानामा लिखित अभियोग दर्ता गरेको थियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार निखोज छात्रामध्ये एकजनाको मोबाइल ट्र्याक गरेर तिनीहरू दक्षिण 24 परगानामा रहेको थाहा पाएपछि गत बुधबार  राजगञ्जको बेलाकोवा आउटपोस्ट पुलिसले निखोज छात्राका परिवारका सदस्यहरूलाई साथमा लिएर कोलकाता गए। यसपछि पुलिसले कोलकाताको गरियाहाटस्थित एउटा सपिङ मल अघिबाट निखोज दुई छात्रालाई उद्धार गरेको बताइएको छ। ती दुईजना छात्राले आफूहरू कामको खोजीमा दक्षिण 24 परगाना गएको बताए। तथापि, उक्त घटनामा अन्य संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको छ। उद्धार गरेको छात्राहरूमध्ये नाबालिका छात्रालाई जलपाईगढी जिल्लाको सीडब्ल्युसीमा पठाइएको छ भने अन्य एकजना छात्रालाई अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *