राजगञ्जको नोधाबारी गाउँमा 163 जनालाई जमिनको पट्टा वितरण

राजगञ्ज : राजगञ्जको नोधाबारी गाउँमा आज 163 जनालाई जमिनको पट्टा वितरण गरियो। राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको नोधाबारी गाउँस्थित दुर्गा मन्दिर मैदानमा आज एउटा कार्यक्रमको माध्यमद्वारा जमिनको पट्टा वितरण गरिएको बताइएको छ। राजगञ्जका विधायक खगेश्वर राय, एडीएम रञ्जन चक्रवर्ती, जिल्ला परिषदका कमाध्यक्ष देवाशीष प्रामाणिक, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय, राजगञ्जका बीडीओ पंकज कोनार लगायत अन्यले मन्तादारी, शिकारपुर, बिन्नागढी तथा डाबग्राम इलाकाका लगभग 163 जनालाई जमिनको पट्टा वितरण गरे। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको प्रेरणा तथा राजगञ्ज पञ्चायत समितिको सहयोगमा जमिनको पट्टा वितरण गर्ने व्यवस्था गरिएको हो। आज एउटा कार्यक्रमको माध्यमद्वारा विभिन्न इलाकाका मानिसहरूलाई जमिनको पट्टा वितरण गरियो। आगामी दिनमा पनि जमिनको पट्टा वितरण गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *