राजगञ्जको पारमुन्डा पिकनिक स्पटमा वनभोज खेल्न निषेध

राजगञ्ज : राजगञ्जको पारमुन्डा पिकनिक स्पट वन विभागको तर्फबाट वनभोज खेल्न निषेध गरिदिएको छ। बिहिबार वन विभागका अधिकारहरूले यहाँ वनभोज खेल्न आएका मानिसहरूलाई वनभोज खेल्न निषेध गरिएको बताइएको छ। राजगञ्ज ब्लकको चेउलीबारी इलाकाको बैकुण्ठपुर जङ्गलमाझ पारमुन्डा पिकनिक स्पट रहेको छ। प्रकृतिक सौन्दर्यको कारण मानिसहरू यहाँ वनभोज खेल्न मन पराउँछन्। वन विभागको निषेधाज्ञाको उपेक्षा गरेर यदि यहाँ कसैले वनभोज खेले तिनीहरूविरुद्ध कठोर कानुनी कार्वाही गरिने बताइएको छ। बेलाकोबा रेञ्जर सञ्जय दत्तले बताएअनुसार धेरैजसो मानिसहरू नाँच-गान साथै मौजमस्तीको साथमा वनभोज खेल्ने हुनाले यहाँको वन्य प्राणीहरूलाई निक्कै असुविधा हुने गर्दछ। यसैले गर्दा नै उक्त पिकनिक स्पट बन्द गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *