राजगञ्जको सन्न्यासीकाटामा नारी एवम्  बाल उत्पीड़नबारे जागरूकता शिविर

राजगञ्ज राजगञ्जको सन्न्यासीकाटा उच्च विद्यालयमा आज राजगञ्ज थाना, जलपाईगढी जिल्ला पुलिस र सन्न्यासीकाटा ग्राम पञ्चायतको पहलमा नारी एवम् बाल उत्पीड़नबारे जागरूकता शिविरको आयोजना गरियो।  स्मरण रहोस्, गत तीन महीनाको अवधिमा सन्न्यासीकाटामा दुष्कर्म लगायत अभद्र व्यवहार जस्ता केही घटनाहरू घटेको थियो। यी घटनाहरूलाई लिएर सन्न्यासीकाटाका मानिसहरूमा भयको माहौल सृजना भएकोले गर्दा नै आज जागरूकता शिविरको आयोजना गरिएको बताइएको छ। अर्कोतिर, शिविरमा उपस्थित विधायक खगेश्वर रायले सन्न्यासीकाटा ग्राम पञ्चायतमा नारी एवम् बाल उत्पीड़न जस्ता घटनाहरू घटेकोले यसलाई रोकथाम गर्ने उद्देश्य लिएर मानिसहरूलाई जागरूक गराउन सचेतना शिविरको आयोजना गरिएको बताए। जागरूक कार्यक्रममा राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पुर्णिमा राय, जिल्ला अतिरिक्त पुलिस अधीक्षक सन्दीप मण्डल, सीआई सदर दीपोज्जवल भौमिक, जलपाईगढी महिला थानाका ओसी उपासना गुरूङ, राजगञ्ज थानाका ओसी प्रवीर दत्त र सन्न्यासीकाटा उच्च विद्यालयका शिक्षक-शिक्षिकाहरू लगायत स्थानीय मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *