राजगञ्जको शिकारपुर ग्राम पञ्चायत क्षेत्रमा पक्का ड्रेनको निर्माण कार्यको शिलान्यास

राजगञ्ज : जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले आज पक्का ड्रेनको निर्माण कार्यको शिलान्यास गरिन्। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको मादकपाडादेखि सोनारबारीसम्म उक्त पक्का ड्रेनको निर्माण गरिने भएको छ। प्राप्त जानकारी अनुसार जलपाईगढी जिल्ला परिषदको वित्तीय सहयोगबाट लगभग 17 लाख रुपियाँको लागतमा उक्त पक्का ड्रेनको निर्माण गरिरहेको छ। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले बताएअनुसार स्थानीय मानिसहरूले धेरै समय अघिदेखि उक्त इलाकामा जल निकासीको लागि पक्का ड्रेनको माग गरिरहेकोले गर्दा नै आज यसको निर्माण कार्यको शिलान्यास गरिएको हो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, शिकारपुर ग्राम पञ्चायतका उपप्रधान अमलेन्दु भौमिक उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *