राजगञ्जको शिकारपुर हाटमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जमा फेरि एकजना युवकको झुन्डिएको अवस्थामा शव द्धार भएको छ। उक्त घटना राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको शिकारपुर हाटमा घटेको हो। मृतक युवक बेलाकोवा सरदारपाडा इलाका निवासी तापस सरकार (22) को रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान प्रातः भ्रमणमा गएका मानिसहरूले शिकारपुर हाटको एउटा दोकानमा झुन्डिरहेको अवस्थामा एकजना युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *