राजगञ्जमा 12 देखि 14 वर्षसम्मका नानीहरूको कोरोना भ्याक्सिन शुरू

राजगञ्ज : राजगञ्ज ब्लक स्वास्थ्य विभागको सहयोगमा आज यहाँको साहुडाङ्गी हाट पीके राय उच्च विद्यालयमा 12 देखि 14 वर्षसम्मका नानीहरूलाई कोरोनाको खोप लगाइयो। उक्त विद्यालयका लगभग 40 जना  विद्यार्थीहरूलाई आज कोरोनाको भ्याक्सिन लगाइयो। यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक प्रदीप चौधरीले बताएअनुसार स्वास्थ्य विभागको पहलमा राज्यभरिमै 12 देखि 14 वर्षसम्मका नानीहरूलाई आजदेखि कोरोना टीकाकरण प्रक्रिया शुरू भएको छ। यसै अन्तर्गत आज उक्त विद्यालयका विद्यार्थीहरूलाई कोरोनाको खोप लगाइएको साथै आगामी दिनमा पनि टीकाकरण प्रक्रिया जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *