राजगञ्जमा 12 किमी पक्का सडकको निर्माण कार्यको शिलान्यास

राजगञ्ज : जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मन तथा राजगञ्जका विधायक खगेश्वर रायले आज पक्का सडकको निर्माण कार्याको शिलान्यास गरे। आज राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत बन्धुनगरदेखि मदनबारीसम्म लगभग 12 किलोमिटरको उक्त सडकको मरमतिको कार्य शुरू गरियो। लगभग एक करोड रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिने भएको छ। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनले भनिन्, यो एउटा महत्वपूर्ण सडक हो। धेर समय अघिदेखि उक्त सडक जर्जर अवस्थामा रहेकोले गर्दा साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। आज उक्त सडकको मरमति कार्यको शिलान्यास गरियो। यस अवसरमा राजगञ्जका  विधायक खगेश्वर राय, जलपाईगढी जिल्ला परिषदकी सदस्य लवली परवीन, जिल्ला परिषदका को-मेन्टर अहीदर रहमान लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *