राजगञ्जमा 188 परिवार तृणमूल कांग्रेसमा सामेल

राजगञ्ज : राजगञ्जमा भाजपा र अन्य पार्टी छोडेर 188 परिवार भाजपामा सामेल भएका छन्। राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायतको गोलाबारी प्राथमिक विद्यालयको मैदानमा एउटा कार्यक्रमबीच जलपाईगढी जिल्ला तृणमूल कांग्रेसको एससी, एसटीस, ओबीसी सेलका जिल्ला सभापति कृष्ण दासको नेतृत्वमा 188 परिवार तृणमूलमा सामेल भएका छन्। यस अवसरमा कृष्ण दासले धेरैजना मानिसहरू भाजपा छोडेर आफूहरूको पार्टीमा सामेल भएकोले अब तृणमूल संगठन अझ बलियो भएको बताए। कार्यक्रममा राजगञ्ज सदर ब्लक सभापति अर्जुन दास, पातकाटाका प्रधान हेमब्रम, पूर्ण चन्द्र राय, विधान राय, जाकिरुल हक मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *