राजगञ्जमा 3 दिनदेखि युवती निखोज, परिवार चिन्तामा

राजगञ्ज : गत तीन दिनदेखि राजगञ्ज निवासी एउटी युवती निखोज भएकी छन्। राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत पर्ने शाकीराजोत गाउँ निवासी परिमल सरकारको छोरी नीता सरकार राजगञ्ज कलेजको प्रथम वर्षकी छात्रा हुन्। गत आइतबार दिउँसो नीता राजगञ्जमा साथीको घर नोट ल्याउनको लागि निस्केकी थिइन् भने यसपछि तिनको फोन बन्द रहेको बताइएको छ। नीता घर फर्कि नआएपछि परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे तापनि कुनै पत्तो नलागेपछि राजगञ्ज थानामा एउटा लिखित अभियोग दर्ता गरे। निखोज भएको तीन दिन बितिसक्दा पनि छोरीको कुनै पत्तो नलागेपछि परिवारका सदस्यहरू चिन्तित बन्न पुगेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *