राजगञ्जमा 52 वटा 500 रुपियाँको नकली नोट सहित 3 जना पक्राउ

राजगञ्ज:  राजगञ्ज थाना पुलिसले 52 वटा 500 रुपियाँको नकली नोट सहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा शाहजहान अली, अनिमेष दास र विमल साहनी सामेल छन्। गत राति राजगञ्जको भुटकिरहाट इलाकामा पुलिसले अभियान चलाएर 26 हजार रुपियाँ नकली नोट सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *