राजगञ्जमा 7 किलोमिटर सडकको सभाधिपति उत्तरा बर्मनले गरिन् शिलान्यास

राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नगढी ग्राम पञ्चायत अन्तर्गत भान्डारीगछ हुँदै लगभग 7 किलोमिटर पक्का सडकको जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मनले शिलान्यास गरिन्। ग्रामीण बुनियादी ढाँचा विकास कोषबाट लगभग 4 करोड 16 लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिरहेको छ। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मनले भनिन्, धेरै दिन अघिदेखि स्थानीय मानिसहरूले पक्का सडक निर्माणको माग गरिरहेका थिए। यसैले आज तिनीहरूको माग पुरा गर्दै 7 किलोमिटरको पक्का सडक निर्माण कार्यको शिलान्यास गरिएको हो। उक्त सडकको निर्माण कार्य पुरा भएपछि स्थानीय मानिसहरूले धेरै सुविधा पुग्ने तिनले बताइन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्का सह सभाधिपति दुलाल देवनाथ, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, जलपाईगढी जिल्ला परिषद्का सदस्य लभली परबीन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *