राजगञ्जमा आगलागी हुँदा सातवटा घर जलेर स्वाहा

राजगञ्ज : राजगञ्जको पानीकोरी ग्राम पञ्चायत अन्तर्गत पर्ने चौधुरीभिटा गाउँमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेर स्वाहा भएको छ। स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास गर्नको साथै घटनाबारे अग्निशमन विभागलाई खबर दिए। आगलागी खबर पाएर राजगञ्ज थाना पुलिस एवम् सिलगढीबाट अग्निशमन विभागको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त गाउँ निवासी हरिमोहन रायको घरमा सर्वप्रथम आगो लागेको साथै यसपछि उक्त आगोको चपेटमा तिनको घरलगायत तिनका चारजना छोराको मोठ सातवटा घर जलेर भष्म भएको छ। उक्त आगलागीमा सातवटा घर जलेर भष्म हुनको साथै घरको सबै सर-समानलगायत आवश्यक कागजपत्र जलेर नष्ट भएको बताइएको छ। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने प्राथमिक जाँचपछि अनुमान लगाएको छ। ग्राम पञ्चायतको तर्फबाट पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *