राजगञ्जमा आगलागीमा कृषक कृपाचरण रायको 8 बिघा जमिनको धान जलेर नष्ट

राजगञ्ज : राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको टेडारबारी इलाकामा एकजना कृषकको 8 बिघा जमिनमा लगाएको धान आगलागीमा नष्ट भएको छ। प्राप्त जानकारी अनुसार कृषक कृपाचरण रायले 8 बिघा जमिनमा लगाएको धान काटेर राखेका थिए भने गत अबेर राति उक्त धानको थुप्रोमा आगो लाग्दा सबै धान जलेर नष्ट भएको बताइएको छ। परिवार सूत्रले दिएको जानकारीअनुसार गत राति 1 बजी धानको थुप्रोमा आगो लागेपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास गरियो। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्टका पुलिस तथा दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि धान जलेर नष्ट भएको बताइएको छ। उक्त आगलागी कसरी अनि कसले लगाएको भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *