राजगञ्जमा आजदेखि नानीका आमाहरूलाई टीकाकरण शुरू

राजगञ्ज : राजगञ्जमा 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई आजदेखि कोभिडको टीकाकरण शुरू गरियो। राजगञ्ज ब्लकको राजगञ्ज ग्रामीण अस्पतालमा गर्भवती आमा तथा 1-12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरूलाई आजदेखि कोरोनाको खोप लगाइरहेको छ। आज सयौँजना नानीका आमाहरूले आज कोरोनाको खोप लगाए। राजगञ्ज ब्लक स्वास्थ्य विभाग अनुसार राजगञ्ज ब्लकमा लगभग 5 हजार गर्भवती तथा 57 हजार 1-12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरू छन्। ग्रामीण अस्पतालमा आजदेखि टीकाकरण शुरू भएको छ भने यस हप्ताको अवधिमा ब्लकको 48 वटा सब सेन्टरहरूमा कोभिड भ्याक्सिन लगाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *