राजगञ्जमा आजदेखि सृष्टिश्री मेला शुरू

राजगञ्ज : राजगञ्जमा आजदेखि सृष्टिश्री मेला शुरू भएको छ। उक्त मेला आगामी 4 अप्रेलसम्म चल्नेछ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा पश्चिम बंगाल सरकारकको पञ्चायत तथा ग्रामोन्न्यन विभागको अधीनमा पश्चिमबंग राज्य ग्रामीण जीविका मिसनको पहलमा, राजगञ्ज ब्लक प्रशासन र राजगञ्ज पञ्चायत समितिको व्यवस्थापनमा यहाँको सुकानी ग्राम पञ्चायतको श्री संघ क्लब मैदानमा उक्त मेला आयोजना गरिएको छ। उक्त मेलाको अनग्रसर कल्याण तथा आदिवासी विकास परिषदका भारप्राप्त मन्त्री बुलु चिक बराईकले आज विधिवत् उद्घाटन गरे। उक्त मेलामा जलपाईगढी जिल्लाको 9 वटा ब्लकको स्वनिर्भर समूहका महिलाहरूले स्वयम् तयार गरेको विभिन्न सामग्रीहरूको स्टल लगाइएको छ। उक्त मेलामा लगभग 55 वटा स्टल लगाइएको छ भने मेलामा प्रत्येक दिन विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। मेलाको उद्घाटन कार्यक्रममा जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, जलपाईगढी जिल्ला परिषदका सह सभापति दुलाल देवनाथ, जलपाईगढी जिल्लाको जिल्लाप्रशासक मौमिता गौदारा बसु, राजगञ्जका विधायक खगेश्वर राय, जलपाईगढी विधानसभाका विधायक प्रदीप कुमार बर्मा, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, राजगञ्जका बीडीओ पंकज कोनार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *