राजगञ्जमा आजादी का अमृत महोत्सव समारोहको आयोजना

राजगञ्ज: राजगञ्ज ब्लकको बिन्नागढीग्राम पञ्चायतको तेलानीपाडामा आज आजादी का अमृत महोत्सव समारोहको आयोजना गरियो। प्राप्त जानकारी अनुसार दत्तोपन्त ठेगडी श्रमिक शिक्षा एवम् विकास बोर्डको तत्वावधानमा भारत सरकारको श्रम तथा रोजगार मन्त्रालयको पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। उक्त समारोहमा बिनागढी अञ्चल महिला मिलन संघका धेरैजना महिलाहरूले अंश ग्रहण गरेका थिए। यस सम्बन्धमा एस बिजेन्द्र मैतीले भने, स्वतन्त्रताको 75 वर्ष पुगेकोमा राजगञ्ज ब्लकको बिन्नागढीग्राम पञ्चायतको तेलानीपाडामा दुईदिने आजादी का अमृत महोत्सव समारोह सम्पन्न भइरहेको छ। यस महोत्सव समारोहमा स्वतन्त्रताको विभिन्न विषयमा चर्चा परिचर्चा गरिनेछ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय, बिन्नागढी ग्राम पञ्चायत प्रधान शशी चन्द्र बर्मन, अतिन चन्द्र राय, शोभा राय,अमित चक्रवर्ती लगायत अन्य सामेल थिए।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *